Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आइतबार ९४.९२ अंकले बढ्यो नेप्से

आइतबार ९४.९२ अंकले बढ्यो नेप्से

  • काठमाडौँ। आइतबार सेयर सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज ९४.९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

    विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।

    आज कुमारी बैंक सबै भन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ४ लाख २९ हजार ५०१ कित्ता सेयर दोस्रो बजारमा ८६ करोड ४३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

    हिमालयन डिष्टीलरीको ८३ करोड ७९ लाख, ङ्यादी ग्रुप पावरको ८३ करोड ३५ लाख र नबिल बैंकको ६७ करोड मूल्य बराबरको सेयर खरिद बिक्री भयो ।

    दोस्रो बजारमा कुनै पनि शेयरको मूल्य नघटेको दिन आइतबार डिबेन्चरको मात्र मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक डिवेन्चर २०८४, एनआइसी एशिया डिभेन्चर २०८५ र आइसी एफसी डिभेन्चर २०८३ को मूल्य २ प्रतिशले घटेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij