Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर। सहकारी बोर्डको सञ्चालक बन्न शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले ललितपुरको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको हो ।
उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिनालाइ ब्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
रजिष्ट्रेसन नं। १४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवि दर्ता नं। १४९१५-८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको प्रहरीको भनाइ छ ।
तिमल्सिना ललितपुर स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij