Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

होलसेल बजारमा १८ प्रतिशत महँगी 

होलसेल बजारमा १८ प्रतिशत महँगी 

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए अर्थतन्त्र चरम मन्दीतर्फ जानसक्ने चेतावनी  दिएका छन् ।

    images
    images
    images

    उनले महँगी ८ प्रतिशत मात्रै रहेको भनिएपनि होलसेल बजारमा १८ प्रतिशत पुगिसकेको बताए ।अहिले अर्थतन्त्र चुनौतीबाट गुज्रिरहेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्र सुधार हुने अपेक्षा नीजि क्षेत्रले गरेको उनको भनाई छ । 

    काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष गोल्छाले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले सबैखालका अर्थतन्त्रका चुनौतीलाई समाधान गर्नुपर्ने बताए। 

    राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुका सबैखाले समस्यालाई सम्बोधन गर्नुपर्ने र सोही अनुसार मौद्रिक नीति आउनेमा आफू र नीजि क्षेत्र आशावादी रहेको बताए ।

    सेयर लगानीकर्तादेखि उद्योगी व्यवसायी राम्रो मौद्रिक नीतिको आशमा रहेको बताउँदै, अध्यक्ष गोल्छाले डिम्याट खाता खोलेर लगानी गरिरहेका ५० लाख सर्वसाधरण सेयर लगानीकर्ता पनि मौद्रिक नीतिकै आशमा रहेको बताए । 

    सेयर धितो कर्जामा रहेको  ४ र १२ को नीतिले शेयर बजारमा निराशा छाएको बताउँदै अध्यक्ष गोल्छाले आगामी मौद्रिक नीतिमा यसबारे पुर्नबिचार गरिनुपर्ने बताए।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij