Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भारतीय नागरिकहरु माछा मार्न आफ्नो क्षेत्रमा आएको भन्दै श्रीलंकाको जलसेनाले १२ भारतीयलाई पक्राउ गरेको छ ।
आफ्नो जलक्षेत्रमा माछा मारिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीलंकाली जलसेनाले बताएको छ।
जलसेनाका प्रवक्ता इन्डिका डि सिल्भाका अनुसारश्रीलंकाको जाफ्नास्थित प्वइन्ट पेड्रो समुद्री किनाराबाट उनीहरुलाई डुङ्गासहित पक्राउ गरिएको छ।
उत्तरी श्रीलंकाका बासिन्दाले भारतीय नागरिकहरु माछा मार्न आफ्नो क्षेत्रमा आउँदा आफूहरुको रोजीरोटी खोसिने र यसअघि नै मुलुकको आर्थिक संकटको कारण समस्यामा रहेका उनीहरुलाई यसले थप मार थपिएको उनीहरुको भनाइ छ।
भारत र श्रीलंकाका तामिल समुदायका बीच माछा मार्ने क्षेत्राधिकारको विषयमा बेलाबेलामा विवाद हुँदै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij