Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आजदेखि साझाका बिजुली बस चलाउन सुरु

आजदेखि साझाका बिजुली बस चलाउन सुरु

  • काठमाडौँ । इन्धनको भाउ आकासिएसँगै साझा यातायातले नेपालमा पहिलो पटक सुविधा सम्पन्न बिजुली बस चलाउन सुरु गर्दैछ । साझा यातायातले आजदेखि काठमाडौँ उपत्यकामा बिजुलीबाट चल्ने तीन वटा बस चलाउने भएको हो ।

    images
    images
    images

    रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ ।

    बसका चालक र सहचालक महिला हुने कम्पनीले जनाएको छ । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्ने जनाइएको छ ।

    सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । 

    यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ । यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ । 

    बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्रीको प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताएका छन् । 

    उनकाअनुसार चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् । आएका तीन वटै बस आजदेखि चलाउन लागिएको हो । 

    अन्य बाँकी बस चीनमा बन्दै गरेको र क्रमशः नेपाल आउने उनले बताए । एउटा बसको झण्डै डेढ करोड रुपैयाँ परेको उनले जानकारी दिए । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij