Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारी स्कर्पियो बेचेर सडक पिच गर्ने रोलर किन्दै साम्पाङ

सरकारी स्कर्पियो बेचेर सडक पिच गर्ने रोलर किन्दै साम्पाङ

  • काठमाडौँ। धरान उपमहानगरपालिकाले सडक पिच गर्ने रोलर किन्ने भएको छ। मेयर चढ्न किनेको गाडी बिक्री गरेर उपमहानगरले सडक टाल्ने रोलर किन्ने निर्णय गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मेयरका लागि किनेको सरकारी गाडी स्कर्पियो बेचेर सडक टाल्ने रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भइसकेको जनाइएको छ।

    AGNI GROUP

    बैठकमा मेयर हर्क साम्पाङले आफ्ना लागि भनिएको गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए। मेयर साम्पाङले धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको र नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको बताएका छन् । 

    सो गाडी अघिल्ला मेयरले महँगो मूल्यमा किनेका थिए। तर मेयर निर्वाचित भए पनि साम्पाङले सो गाडी चढेका छैनन् धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्ने गरेको जनाइएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij