Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

  • संकेतात्मक तस्वीर

    onlinepatrika
    Arghakhachi

    काठमाडाैँ । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। 

    AGNI GROUP

    मृत्यु हुनेमा  ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।  शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना पावर हाउस भित्र सुतिरहेका थिए। उनीहरुको शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij