Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको बताएकी छन्।
अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाल मार्फत, भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएकी हुन् ।
दाहालले सामाजिक सञ्जालमा भनेकी छन्, ‘भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ’, । उनले पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको बताएकी छन्।
त्यस्तै उने भ्रमण सफलताको लागि भाजपा नेतृत्व, भारत सरकारका अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, भारतस्थित नेपाली राजदूत र दूतावास कर्मचारीहरु, सञ्चारकर्मी साथीहरूलगाएत पार्टीका सम्पुर्ण नेता कार्यकर्ता कमरेड तथा सम्पुर्ण शुभेच्छुक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेकी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij