Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौँ । हाल देशभर सामान्य बदली भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित हुँदा मौसममा बदली आएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    महाशाखाकाअनुसार बुधबार बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्। लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा भइरहेको छ। आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

    AGNI GROUP

    भोलि (बिहीबार) पनि देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको महाशाखाको पूर्वाअनुमान छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij