Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली नेपाली नोट सहित एक जना पक्राउ

नक्कली नेपाली नोट सहित एक जना पक्राउ

  • काठमाडौँ । सर्लाहीको हरिवनमा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    शनिबार राति हरिवन बजारस्थित पूर्वपश्चिम राजमार्गबाट भारतको सितामढी थाना सोनवर्षा ग्राम परछुहिया ९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरिएको हो। स्थानीय कार्की पुस्तक पसल अगाडि बसेर उनले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो।

    AGNI GROUP

    उनको साथबाट हजार दरका ५० थान नक्कली नेपाली नोट बरामद भएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान र कारबाही पक्रिया भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij