Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

३२ जनालाई मृत्युदण्ड

३२ जनालाई मृत्युदण्ड

  • इरानको एक मानव अधिकार समूहका अनुसार गत हप्ता मात्र इरानमा ३२ जनालाई मृत्युदण्ड दिइएको छ। तीमध्ये बुधबार तीन महिलालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये एक महिलाको बालविवाह भएको थियो।

    onlinepatrika
    Arghakhachi

    सोहेला अब्दीको १५ वर्षको उमेरमा विवाह भएको मानवअधिकार समूहले बताएको छ । उनले १० वर्षपछि श्रीमानको हत्या गरिन् । अदालतले महिलालाई मृत्युदण्डको सजाय सुनाउँदै यो पारिवारिक कलहभन्दा माथिको विषय भएको बताएको छ ।

    AGNI GROUP

    एम्नेस्टी इन्टरनेशनलले यो वर्ष इरानमा ठूलो मात्रामा मृत्युदण्डको सजाय पारित भएको जनाएको छ । इरानमा मृत्युदण्ड दिने क्रम बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय दोब्बर भएको छ ।

    अन्य देशहरूमा भन्दा इरानमा धेरै महिलाहरूलाई मृत्यु दण्ड दिइने अधिकारकर्मीहरुले बताएका छन्। यीमध्ये अधिकांश महिलाहरू आफ्ना श्रीमानको हत्यामा दोषी ठहरिएका छन्। महिलामाथि हुने घरेलु हिंसाले यस्ता हत्या हुने गरेको मानव अधिकार समूहको भनाइ छ। तर, इरानको अदालतले भने यसमा ध्यान दिएको देखिंदैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij