Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बैतडीमा क्वारेन्टिन सेन्टर निर्माण गरिने

बैतडीमा क्वारेन्टिन सेन्टर निर्माण गरिने

  • काठमाडौँ । भारतसँग सीमा जोडिएको यस जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।  

    onlinepatrika
    Arghakhachi

    प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    AGNI GROUP

    कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको छ। यस्तै. भारतबाट झुलाघाट नाका भई स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा ती नागरिकलाई सम्बन्धित स्थानीय तहमा पुर्याउन सामूहिक कोष स्थापना गर्ने निर्णय भएको छ ।

    सो कोषमा प्रत्येक स्थानीय तहबाट तत्काल ५० हजारका दरले रकम जमा गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको छ। 

    जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुुसार स्तरोन्नति गरेर सञ्चालन गर्ने निर्णय भएको छ । 

    यस्तै दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले सङ्कलन गरेको विपद् प्रभावितको तथ्याङ्कलाई स्वीकृत गर्दै पुनःनिर्माण र पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij