Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज नाग पञ्चमी

आज नाग पञ्चमी

  • काठमाडौँ । आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिँदैछ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दुःख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।आजको दिन काठमाडौँँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी, ललितपुरको नगदहलगायत देशभरिका नागदह तथा कुण्डमा विशेष पूजा हुनेगर्छ।

    AGNI GROUP

    ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ।

    नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।

    296743061_1055139701779318_805471116854849329_n.jpg

    Untitled-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij