Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं। मनकामना केबलकार झन्डै महिना दिनभन्दा बढी समय बन्द हुने भएको छ। स्तरोन्नतिका लागि मर्मतसम्भार गर्नुपर्ने भएकाले २३ साउन सोमबारबाट पाँचरछ साताको लागि सेवा बन्द गरिन लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको छ। केबलकारलाई नयाँ प्रविधिमा लैजानको लागि डेभ्लोमेट अस्ट्रियाबाट आउने प्राविधिकले काम गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ।
मर्मतसम्भार सकिएपछि अर्को सूचना जारी गर्ने र सेवा पुन शुरु गर्ने जनाइएको छ। उक्त अवधिभर केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij