Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो।
उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।
महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार दिने गरेकामा यस वर्ष पाँच हजार थप गरी १० हजार दिने भएको महर्जनले जानकारी गराए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij