
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो ।
तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौँ महानगरले जनाएकाे छ । महानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकमा वडा सदस्यहरुले कम्तिमा गाईजात्रा नगर परिक्रमा गर्ने क्षेत्रको फोहोर जसरी पनि उठाउनु पर्ने भनेपछि महानगपालिकाले रातारात भित्री शहरको फाहोर उठाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij