Jun 05 2026 | २०८३, जेठ २२ गते
सुडानमा भीषण वर्षा वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ। त्यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।
रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ। दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरू परिचालन गरेको छ। दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ। गएको जुन महिनादेखि नै वर्षा भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij