Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्।उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्।
मेयर साम्पाङले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्। उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्।
साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij