Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लकर सेवा शूल्कमा विशेष छुटः सिटिजन्स बैंक

लकर सेवा शूल्कमा विशेष छुटः सिटिजन्स बैंक

  • काठमाडौं । महिलाहरुलाई लक्षित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  छुटको योजना ल्याएको छ । हरितालिका तीज सँगसँगै भदौ महिनामा पर्ने विभिन्न चाड पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना बैंकले सार्वजनिक गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    बैंकले ल्याएको योजना अन्र्तगत भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिट मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आदरणीय ग्राहकहरुले यस्ता छुटहरुको सुविधा सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने कुनै पनि शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।     

    AGNI GROUP

    यो सुविधा पाए बापत बैंकको लकरमा आदरणीय ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, महत्वपूर्ण प्रमाण पत्रहरु, वित्तीय वा कानुनी कागजात, राहदानी वा अन्य कुनैपनि मूल्यवान वस्तुहरू सुपत शूल्कमा सुरक्षित तवरले राख्न सक्नेछन् ।

    बैंकले  निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु ग्राहकहरुको सहजताका लागी प्रदान गर्दै आईरहेको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij