Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रपतिको हातमा नवदुर्गाको प्रसाद

राष्ट्रपतिको हातमा नवदुर्गाको प्रसाद

  • ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गर्नुभएको छ । ठेचोमा हाल सञ्चालन भइरहेको बाह् वर्षे जात्रा अन्तर्गत सो भवानी देवी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा अनुसार हिजो खोलीएर विभिन्न पाठपूजा आदि गरेसँगै आज सो गुठीमा सम्बन्धीत व्यक्तिले उहाँको निवासमा फूल तथा प्रसाद पु¥याउन गएपछि प्रसाद ग्रहण गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    फूल तथा सुपारी एवं चलन अनुसारका सामग्री राष्ट्रपतिलाई दिएर फर्किएका सो गुठीका अध्यक्ष धर्मराज मालीले बताए । गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिन देखि ठेचोमा नवदुर्गा भवानी देवीको बाह् वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिनासम्म नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै हिजो ‘यँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखिनै राष्ट्रप्रमुखलाई उक्त प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी गोपाल मालीले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij