Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।

    onlinepatrika
    Arghakhachi

    बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।

    AGNI GROUP

    त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाबाट सन्देश सहितको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो विधेयकमा परेका शंसोधनलाई आजै निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    798074568635_EZhnfWYE1s.jpg 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij