Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ कलंकीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल रहेका भने गम्भीर घाइते हुनेमा पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन रहेका छन् ।
दुवैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुने क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको हो ।
डंगोलले चलाएको प्रदेश ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij