Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा

  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

    images
    images
    images

    कार्यालयले धैर्यता निर्माण उद्योग, हर्कदेवी बिल्डर्स, देवेन्द्र तेल उद्योग, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्न कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् । यस्तै, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, च्याङला कन्स्ट्रक्सन, सुन्दरी निर्माण सेवा, किसान रक्तकाली पावर क्वालिटी जेभी र लामा बिल्डर्स कम्पनी समेत कालोसूचीमा परेका छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij