Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष ले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्।
उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्। नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइने पनि उनले बताए। अहिलेसम्म नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले धन्यबाद पनि दिएका छन्।
नेविसंघमा ३२ वर्षे उमेर हद लागेको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij