Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने

दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने

  • काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अब नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै एमडिएमएस लागु भएको जनाएको छ ।  

    onlinepatrika
    Arghakhachi

    मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ। यो प्रणाली लागू भएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाइनेछ।

    AGNI GROUP

    यो प्रणाली कार्यान्वयनमा गएसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरू दर्ता गर्नु पर्नेछ। दर्ता नभएका मोबाइल फोनमा सिमकार्डले काम गर्ने छैनन्। यद्यपि, आजसम्म सञ्चालनमा आएका मोबाइल फोन भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ।

    63227e456651f.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij