Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकैदिन २२ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् ।
त्यस्तै अवस्था ठीक नभएका सवारी साधन चलाउने ५८ जना र हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जनालाई चिट काटिएको ट्राफिक प्रहरीले बताएको छ ।
यसैगरी रातो बत्तीको उल्लंघन गर्ने ३५ जना, सडक लेन उल्लंघन गर्ने २६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २२ जना चालक कारबाहीमा परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij