Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यान्सर जितेर डलीको विजय उत्सव !

क्यान्सर जितेर डलीको विजय उत्सव !

  • ललितपुर। नेपालको पहिलो र चर्चित मोडेल डली गुरुङ्गको क्यान्सर निको भएको पाँच वर्ष पुरा भएको अवसरमा आफ्नो अनुभव साटेकी छन् । क्यान्सर निको भएर दोस्रो जीवन पाएको खुसीयालीमा डलीले क्यान्सर जितेका साथीहरुसँग तथा आफन्तहरूसँग खुशी साटेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा उपचार गराएकी उनले उपचारमा संलग्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई समेत कार्यक्रममा निमण्त्रणा दिएर धन्यवाद दिदैँ नेपाली अस्पताल र डाक्टर क्यान्सरको उपचार गर्न सक्षम रहेको पुष्टि गरिन् । त्यस अवसरमा उपचारमा संलग्न नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सरको सबैभन्दा ठुलो औषधि बिरामीको मनोबल रहेको सुनाए । 

    AGNI GROUP

    मोडेल गुरुङ्गको उपचारमा प्रत्यक्ष संलग्न रहेका डा.सुदिप श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. हरि ढकाल, डा. कपेन्द्र शेखर अमात्य, डा. निरज जोशी, नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ, उपाध्यक्ष शशांक शर्मा र क्यान्सर जितेर गत स्थानीय निर्वाचनमा सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख बनेकी गीता चौधरीलगायत अस्पतालका नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीसमेत कार्यक्रममा उपस्थित थिए ।

    dali gurung.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij