
May 01 2025 | २०८२, वैशाख १८ गते
पुरुषोतम बस्नेत
काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो निर्देशन अधिकारी आफैले गरेकी छन् । किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ ।
भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो ।
भिडियो लिंक
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij