Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सेयर कारोबार रकम आधा घट्यो

सेयर कारोबार रकम आधा घट्यो

  • काठमाडौँ ।  मंगलबार सेयर कारोबार रकम आधा घटेको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ५ करोडमा खुम्चिएको छ । नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ ।

    images
    images
    images

    ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे । निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे । लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो ।

    कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij