Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथो पटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्।
यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे। यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए।
विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij