
May 01 2025 | २०८२, वैशाख १८ गते
२०२२ को सबैभन्दा पपुलर फिल्म ‘केजीएफ २’ सावित भएको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बनेको छ ।
१४ अप्रिलमा २.१४ मिलिनियम टिकट बेच्न सफल यो फिल्म २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । साउथ सुपरस्टार यश अभिनित यो फिल्मले बाहुबलीको ५ वर्ष पुरानो रेकर्ड समेत तोडेको छ ।
फिल्म आरआरआर वर्षको सबैभन्दा धेरै कमाउन सफल फिल्म भएपनि भारतमा टिकट बिक्रिको मामलामा केजिएफ २ भन्दा आरआरआर पछि परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij