Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागमती प्रदेशसभा सदस्यको शपथ पुस दोस्रो साता हुने

बागमती प्रदेशसभा सदस्यको शपथ पुस दोस्रो साता हुने

  • काठमाडौं । बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरूको शपथ ग्रहणको तयारी सुरु गरेको हो ।

    onlinepatrika
    Arghakhachi


    सचिवालयका सचिव कृष्णहरी खड्काका अनुसार प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन नभएको खण्डमा संसद बैठक सञ्चालनका लागि ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था अनुसार नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले ज्येष्ठ सदस्यको रूपमा सभाको बैठक अध्यक्षता गर्नेछन् । उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

    AGNI GROUP

    ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश प्रमुखले शपथ गराउने छन् । संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरूले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको र सोही अनुसार तयारी गरिएको सचिव खड्काले बताए ।

    शपथ ग्रहण लगायतका विषयमा छलफलका लागि सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । उक्त बैठकको निर्णय अनुसार ढुङ्गानाको शपथ ग्रहण गराउने र त्यस लगत्तै पुसको दोस्रो साता अरू सांसदहरूको शपथ ग्रहणको तयारी गरिएको सचिव खड्काले बताए । उनले भने, ‘सबै सांसदको शपथ कार्यक्रम पुसको दोस्रो साता अर्थात् पुस १० र ११ गतेभित्रमा गरिसक्ने हाम्रो तयारी छ ।’

    संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij