Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अभिनेता सविन श्रेष्ठले मृत्युपश्चात अंगदान गर्ने

अभिनेता सविन श्रेष्ठले मृत्युपश्चात अंगदान गर्ने

  • ललितपुर । अभिनेता सविन श्रेष्ठले आफ्नो मृत्युपश्चात् अंगदान गर्ने  भएका छन् । उनले आज भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र पुगेर मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । 

    images
    images
    images

    मृत्युपछि उनले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रा दान गर्नेछन् । उनले सम्झौता पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ कि भनेर मृत्युपछि पनि कसैलाई काम त लाग्छु। यस कार्यबाट खुसी छु ।’

    यसअघि उनले तिलगंगा अस्पताल पुगेर मरणोपरान्त आँखा दान गर्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij