Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौँ । ख्यातिप्राप्त गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को सम्मानमा स्थापित ४४औं छिन्नलता गीत पुरस्कार समारोहमा राजानीमा भव्यताका साथ सम्पन्न भएको छ। समारोहमा ख्यातिप्राप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई छिन्नलता विशेष सम्मान प्रदान गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले अभिनय र गायन क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्।
त्यसैगरी, यस वर्षको छिन्नलता गीत पुरस्कारअन्तर्गत संगीततर्फ संगीतकार तथा संगीत संयोजक किरण कँडेल , गायनतर्फ गायिका विमला राई तथा गीत रचनातर्फ गीतकार नवराज लम्साल पुरस्कृत भएका छन्। यस्तै, युवा प्रतिभा पुरस्कारबाट गायिका सारिका घिमिरे सम्मानित भएकी छन्।
छिन्नलता .पुरस्कार नेपाली गीत–संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टा तथा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रदान गर्दै आइएको छ। यस वर्षको समारोहमा पनि विभिन्न विधामा योगदान दिएका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजक संस्था छिन्नलता गीत गुठीले जनाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij