Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौ । सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् ।
बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अमरबहादुर खत्रीले चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij