Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

फिल्म ‘हात्तीछाप’मा उपासना अनुबन्धित

फिल्म ‘हात्तीछाप’मा उपासना अनुबन्धित

  • काठमाडौं । फिल्म ‘हात्तीछाप’मा नायिका उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ । पारिश्रमिकलाई लिएर दुवैलाई चित्त बुझ्ने सहमतिअनुसार उपासनालाई अनुबन्धित गरिएको निर्माता नेपालीले जानकारी दिए ।

    images
    images
    images

    यस फिल्मका निम्ति उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा केही बढी रहेको अनुमान गरिएको छ । अन्य दुई अभिनेत्री फाइनल गर्ने तयारीमा रहेको जनाइएको छ ।

    सिमोस सुनुवारले निर्देशन गर्ने एक्सन–थ्रिलर फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्ता नेपालीका अनुसार चैतदेखि फिल्मको छायांकन सुरु हुनेछ ।

    कामको कुरा गर्दा उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ अहिले हलमा चलिरहेको छ । उनले यसअघि अभिनय गरेका कबड्डी ३ र दुई नम्बरी बक्स अफिसमा व्यवसायिक रुपमा सफल भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij