Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । वाग्मती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते दिउँसो ४ बजे भित्र प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका हुन् ।
वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
वाग्मती प्रदेशमा ११० सांसदहरु छन् । नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij