Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कलाकार रामचन्द्र अधिकारीलाई 'विष्णुभक्त रङ्गकर्मी' सम्मान

कलाकार रामचन्द्र अधिकारीलाई 'विष्णुभक्त रङ्गकर्मी' सम्मान

  • काठमाडौं । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा कलाकार रामचन्द्र अधिकारीलाई सो सम्मान गरिएको हो ।

    images
    images
    images

    २०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले तयार गरेको नाटक यज्ञवल्क्यका राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुयाँलको निधन भएको थियो । 

    करिब ४ दशकभन्दा बढी समय नेपाली रङ्गमञ्चमा बिताएका  कलाकार फुयाँलको स्मृतिमा हरेक वर्ष वरिष्ठ कलाकारहरूलाई सम्मान गरिँदै आइरहेको छ । सोही क्रममा चार दशकदेखि नेपाली नाट्य एवं चलचित्र क्षेत्रमा क्रियाशील रहेका कलाकार रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो ।

    कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यस वर्षको पुरस्कारका लागि अधिकारीलाई चयन गरेको थियो ।  यसअघि सो सम्मानबाट राजेन्द्र गड्तौला, रमेश केसी मट्टारे, लक्ष्मणसिंह बस्नेत, पल्पसा डंगोललाई प्रदान गरिएको छ ।  हरेक वर्ष पुस १९ गते फुयाँलको निधनकै दिन स्मृति सभा आयोजना गरी पुरस्कार घोषणा गर्ने गरिन्छ ।

    कार्यक्रममा सम्मानित कलाकार रामचन्द्र अधिकारीले विष्णुभक्तफुयाँलले आफूलाई चलचित्र बलिदानदेखि अन्य समयमा पनि अभिभावकत्व प्रदान गरेको स्मरण गर्दै र आफू अन्यायमा पर्दा सधैँ अन्यायका विरुद्ध लड्न प्रेरित गरेको समेत स्मरण गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij