
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । लमजुङमा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेको एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राईनास नगरपालिका–९ कुडुले बस्ने ३६ वर्षीय वेलराम गुरुङ रहेका छन् । सोही ठाउँमा बस्ने ५५ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साउन ११ गते श्रेष्ठको हत्या गरी फरार रहेको गुरुङलाई चितवन भरतपुर महानगरपालिका–१६ स्थितमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij