Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।

    images
    images
    images

    राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् ।

    राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए। तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij