Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभामुखका लागि आज उम्मेदवारी दर्ता

सभामुखका लागि आज उम्मेदवारी दर्ता

  • काठमाडौँ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ ।

    onlinepatrika
    Arghakhachi

    निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आज ४.१५ बजे  प्रकाशित गरिने छ ।  प्रतिनिधिसभाको  माघ ५ गते ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचना माथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गरिनेछ । 

    AGNI GROUP

    प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन्। सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ। छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ। एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ।
    मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ। 

    सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (एमाले)ले उम्मेदवार बनाउने निश्चित छ। एमालेले देवराज घिमिरेलाई अघि सार्दै छ। नेपाली कांग्रेस लगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागि सकेको छैन।

    एमालेभित्र सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा विद्या भट्टराईको नाम चर्चामा थियो। तर उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शङ्कर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई अघि सारेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij