Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ललितपुर । स्वास्थ्य संस्था तथा वडा स्वास्थ्य कार्यन्वयन समिति र ललितपुर महानगरपालिका वडा १४ को संयुक्त आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष अमृत जंग महतको अध्यक्षतामा स्वास्थ्य संस्थाको आफ्नै भवनमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य शिविरमा स्त्री रोग, जनरल मेडिसिन, छाला, आँखा, नाक, कान घाँटी, बाल रोग, सामान्य शल्यक्रिया, दन्त रोग, हाडजोर्नी सम्बन्धि रोग, भिडियो एक्स–रे, ईसिजी, प्याथलोजी, यूरिक एसिड, यूरिन, चिनी राेग लगायत सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

    AGNI GROUP

    विश्वज्योति बहुउदेश्य सहकारी संस्था, लाईफ लाईन हेल्थ होम केयर प्रालि र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

    स्वास्थ्य शिविरबाट २७६ जनाले स्वास्थ्य सेवा लिएको वडा अध्यक्ष महतले जानकारी दिए । उनका अनुसार वडा बासीको स्वास्थ्यलाई मध्यजनजर गर्दै वडाले समयसमयमा यस्ता नि:शुल्क शिविरहरु संचालन गर्दै आएको बताए । उक्त शिविरमा बिरामीहरुलाई नि:शुल्क आवश्यक औषधी वितरण गरिएको थियो ।

    No description available.

     

    No description available.

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij