Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आत्मदाह गरेका आचार्यलाई सहिद घोषणा गर्न माग

आत्मदाह गरेका आचार्यलाई सहिद घोषणा गर्न माग

  • काठमाडौं । मंगलबार संसद भवन अगाडि आत्मदाह गर्ने इलामको सुर्योदय नगरपालिका वडा नम्बर ११ का प्रेमप्रसाद आचार्यलाई सहित घोषणा गर्न आचार्य बन्धु समाज–नेपालले माग गरेको छ । समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    ‘सचेत र शिक्षित नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि बुधबार देशको केन्द्रीय राजानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग  गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका लागि बलिदानी दिएका हजारौं सहीदभन्दा प्रेम आचार्यको योगदान कमी छैन ।’

    AGNI GROUP

    विज्ञप्तिमा आचार्यको परिवारमा आएको सबै ऋण राज्यले तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने माग पनि गरेको छ ।  यस्तै आचार्य समाजले मृतकका परिवारलाई रुपैयाँ एक लाख सहयोग गर्ने निर्णय गरेको पनि जनाएको छ । आचार्यको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij