Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आठ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रमुख शर्माले उनीहरूलाई शपथ खुवाएका हुन् ।
नवनियुक्त मन्त्रीमा आन्तरिक मामिला तथा काननू मन्त्रालयमा गङ्गा नारायण श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा राजु विष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा उद्वव थापा, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा केशव पोख्रेल मन्त्री नियुक्त भएका छन् ।
यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त भएकी छन् । प्रदेश सरकारलाई समर्थन गरेका पाँचमध्ये तीन दलले मन्त्रालय पाएका छन् ।
बागमतीमा १४ बाट घटाएर ११ मन्त्रालय बनाईएको हो। दुई साताअघि मन्त्रालय घटाउन गठित कार्यदलले दिएको सुझाव अनुसार मन्त्रालय ११ मन्त्रालय बनाइएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij