Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिरहा नवराजपुर गाउँपालिका २ मझौराबाट ब्राउन सुगरसहित नौ जना पक्राउ परेका छन् ।
प्रहरीले गोप्य सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले उनीहरुको साथबाट २८ ग्रामसहित ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij