Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

यार्सागुम्बाको अवैध कारोबारमा दुईजना पक्राउ

यार्सागुम्बाको अवैध कारोबारमा दुईजना पक्राउ

  • काठमाडौँ । यार्सागुम्बाको अवैध कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    images
    images
    images

    महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले कैलाली लम्कीचुहा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका ५ स्‍थायी घर भएका ४० वर्षीय गोविन्द गिरीलाई पक्राउ गरेको हो । 

    अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनृुसार उनीहरूको साथबाट २ किलो १३८ ग्राम यार्सागुम्बा बरामद भएको छ । यार्सागुम्बाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij