Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फोटो पत्रकारलाई संसद्‌मा दुर्व्यवहार

फोटो पत्रकारलाई संसद्‌मा दुर्व्यवहार

  • काठमाडौं । संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरूलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज फोटो पत्रकार वर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘मिति २०७९ माघ १२ गते आज फोटो पत्रकारहरूलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार वर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ समाजले भनेको छ,’ यस्ता घटना दोहोरिन नदिन सम्माननीय सभामुख, माननीय उपसभामुखसहित संघीय सचिवालयको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    AGNI GROUP

    संसदमा नियमित रिपोर्टिङ गर्ने संसदीय मामिलाका पत्रकारलाई बेलाबेलामा यो वा त्यो बहानामा दुःख दिने गरिएको समाजको भनाइ छ ।

    फोटो पत्रकार शाहले मर्यादापालकले आफूलाई बाथरुम प्रयोग गर्न नदिएको बताइन् । ‘संसद्‌मा रिपोर्टिङ गर्न आउने पत्रकारले बाथरुम प्रयोग गर्न कहाँ जाने ?’ उनले भनिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij