
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij