Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री रास्वपाले पाउने सहमति भएको छ : केपी ओली

गृहमन्त्री रास्वपाले पाउने सहमति भएको छ : केपी ओली

  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए ।

    onlinepatrika
    Arghakhachi

    ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोसी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए ।

    AGNI GROUP

    ओलीले भने, ‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij