Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चिकित्सक सङ्घ र सरकारबीच वार्ता

चिकित्सक सङ्घ र सरकारबीच वार्ता

  • काठमाडौँ । आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भइरहेको छ । चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मी घाइते भएका थिए। सोही घटनाको विरोधमा चिकित्सक सङ्घले आज आन्दोलन गरेको हो ।

    AGNI GROUP

    चिकित्सकहरुको सो आन्दोलनले बिरामी अलपत्रमा परेका छन् । स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिई बिरामीको उपचारमा फर्कन सङ्घलाई अनुरोध थियो । सङ्घको माग र समस्या समाधान गर्न आफूहरु तयार रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij